१८ बैशाख २०८२, शुक्रबार

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Logo
Pulse Khabar सोमबार, फाल्गुण २८, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भटेवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमल्सिनाले नयाँ समीकरणपछि गठबन्धनमा मिलाउनु पर्ने विषयमा छलफल भएको बताउनुभयो । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच एक घण्टा जति छलफल भएको उहाँले बताउनुभयो । यो नियमित भेटघाट रहेको उहाँको भनाइ छ ।

भेटमा भोलि हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचन, प्रधानमन्त्रीले लिने विश्वासको मत, सरकारका साझा न्यूनतम कार्यक्रमको विषयमा छलफल भएको बताइएको छ । राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट माओवादीले नारायण दाहाललाई अगाडि सारेको छ । उपाध्यक्ष एमालेले लिने सहमति छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206