०१ माघ २०८२, बिहिबार

मुलुकको प्रमुख मुद्दा नै भ्रष्टाचार नियन्त्रण हुनुपर्छ

Logo
Pulse Khabar मंगलबार, कार्तिक २५, २०८२

वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणलाई नै प्रमुख मुद्दा बनाएर काम गर्नुपर्नेमा जोड दिइएको छ । ट्रान्परेन्सी इन्टरनेशनल (टिआइ) नेपालद्वारा काठमाडौँमा आज आयोजित ‘नेपालमा भ्रष्टाचार नियन्त्रणको भावी रणनीति’ विषयक अन्तक्र्रियात्मक छलफलका वक्ताहरूले जेनजी आन्दोलनको मूल मुद्दा नै भ्रष्टाचार नियन्त्रण र सुशासन भएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिएका हुन् ।

छलफलमा पूर्वमहालेखापरीक्षक तथा टिआइ नेपालका सदस्य टङ्कमणि शर्मा दङ्गालले विगतमा भएका भ्रष्टाचार र कुशासनले नागरिकहरूमा वितृष्ण फैलिएको उल्लेख गर्दै त्यसका लागि रणनीतिक योजनाका साथ भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिनुभयो । यसका लागि राजनीतिक दलले पनि आफूलाई सच्याएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले अहिले नेपालको सम्पत्ति नै तस्कर र भ्रष्टाचारीहरूको हातमा रहेको जिकिर गर्नुभयो । उहाँले विसं २०४६ पछिका राजनीतिक दलको सम्पत्ति आयोग बनाएरै छानबिन गर्नुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक प्रतिनिधि रञ्जु झाले नेपालको प्रणाली नै परिवर्तन गर्न नसके भ्रष्टाचार रोक्न नसकिने धारणा राख्नुभयो । उहाँले अहिलेको नीति तथा प्रणालैकै कारण भ्रष्टाचार मौलाउँदै गएको पनि बताउनुभयो ।

जेनजी प्रतिनिधि ईश्वरी कार्कीले दल र नेताहरूको सम्पत्ति छानबिन गर्न जरुरी रहेको बताउनुभयो । दलहरूले भ्रष्टाचार गरेकै कारण जेनजी आन्दोलन भएको र जेनजी आन्दोलनको भावना भनेको नै भ्रष्टाचार नियन्त्रण रहेकाले सबै मिलेर यसमा कामगर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा ट्रान्परेन्सी नेपालका अध्यक्ष मदनकृष्ण शर्माले भ्रष्टाचार नियन्त्रणका लागि कसरी अघि बढ्न सकिन्छ भनेर सुझाव लिनका लागि छलफल राखिएको बताउँदै यहाँको निष्कर्ष महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले टिआइ नेपालले कार्यक्रममार्फत सुशासनको पहल थालेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206