२९ जेठ २०८२, बिहिबार

राष्ट्रियसभा अध्यक्ष पदमा दाहाल र शर्माको उमेद्वारी दर्ता

Logo
Pulse Khabar सोमबार, फाल्गुण २८, २०८०

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली काँग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराउन भएको छ । सत्ता गठबन्धनका उमेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद रहनु भएको छ ।

यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह रहनु भएकोछ । भोलि मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा निर्वाचन हुनेछ । सत्ता गठबन्धनको सहज बहुमत भएकाले दाहाल आफ्नो जितप्रति ढुक्क देखिनुभएको छ । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भाइ भएका कारण नभई आफ्नो योगदानअनुसार राष्ट्रियसभा अध्यक्षको उम्मेदवार भएको बताउनुभयो । कांग्रेस उम्मेदवार शर्माले भने लोकतन्त्रमा कसैको हार वा कसैको जित नहुने र निर्वाचन सामान्य रहेको प्रतिकृया दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: news@pulsekhabar.com

बिज्ञापनको लागी:

9862006206