०१ माघ २०८२, बिहिबार

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार

Logo
Pulse Khabar सोमबार, कार्तिक २४, २०८२

कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरुपता ल्याउन यहाँका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्ने भएको छ । छलफल गर्न मङ्गलबार र बुधबार प्रदेश सरकारले भेला आयोजना गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा वीरेन्द्रनगरमा उक्त भेला आयोजना हुन लागेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार भेलामा प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध, उनीहरुबीचको सम्बन्ध तथा सेवा प्रवाह, कर्णाली प्रदेशले योजना छनौटसम्बन्धी हाल प्रयोगमा ल्याएका अभ्यास र योजना छनोट कार्यविधिबारे छलफल तथा स्थानीय तहका कर्मचारी र राजस्व सङ्कलन तथा बाँडफाँटसम्बन्धी छलफल गरिनेछ ।

संविधानमा तीन तहका सरकारबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा अघि बढनुपर्ने भावनाअनुसार प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप समन्वयात्मक ढङ्गले अघि बढाउन प्रदेश सरकारले विषयगत छलफल तथा अन्तरक्रियाको आयोजना गरेको सचिव विकले बताउनुभयो । छलफलमा दुई तहका सरकारबीच देखिएका कतिपय सम्बन्ध तथा समस्या र समाधानका उपाय खोजिने छन् ।

दुईदिने भेलामा नगरप्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षसहित सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्रदेशका १० वटै जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख सहभागी हुने सचिव विकले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206