नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले यस मन्दिरमा पूजा गरे पश्चात काठमाडौँमा बिजयी हासिल गर्न सफल भएको धार्मिक विश्वासका साथ सोही समयदेखि यहाँ राजकीय पूजा, दशैँमा सामूहिक जमरा, कोटघरलगायतका परम्परालाई निरन्तरता दिइएको छ ।
पुरातत्व विभागसँगको सहकार्यमा नुवाकोटको बेलकोटगढी नगरपालिकाले पुनर्निर्माण गरेको बेलकोटगढी–१०स्थित ऐतिहासिक महत्वको निरञ्जना भगवती मन्दिर ।