

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनता समाजवादी पार्टी (जसपा)बाट आज तीन जनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको छ । जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदा नवलकिशोर साह र दीपक कार्की पनि सरकारमा सहभागी हुनु हुने छ । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको जिम्मेबारी लिनु हुने छ । साहलाई वन तथा वातावरण मन्त्रालय र जसपाकै दीपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने श्रोतले जनाएको छ । तीन जनाले नै आज नै शपथ ग्रहण गर्ने तयारी भइरहेको छ ।
यसअघि नै नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छन् । जसपालाई पनि समेटेपछि प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत तयारी गरिरनहनु भएको छ । उहाँले फागुन ३० गते विश्वासको मत लिने तयारी छ ।