१७ कार्तिक २०८२, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय विभागको जिम्मेवारी फेरबदल

Logo
Pulse Khabar आइतबार, कार्तिक १६, २०८२

आज राष्ट्रिय स्वतन्त्र पार्टी को सम्पन्न पार्टी सचिवालय बैठकले तपसिल बमोजिम पार्टीको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल गरिएको व्यहोरा सम्बन्धित सबैलाई  पार्टी  प्रवक्ता  मनिष झाले जानकारी  गराउनुभयो । नयाँ जिम्मेवारी प्राप्त गर्ने नेतागणको  परिचय तपशिल  अनुसार रहेको छ ।

१. श्री रवि किरण अधिकारी अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख लामो समयदेखि नेपालका विविध अनुसन्धानमा कार्यरत ।
२. श्री रामप्रसाद भट्टराई केन्द्रीय प्रशिक्षण विभाग सदस्य पूर्व निर्देशक, नेपाल स्काउट, नेतृत्व क्षमता एवं प्रशिक्षण विज्ञ ।
३. डा. कृष्णमान शाक्य केन्द्रीय प्रशिक्षण विभाग सदस्य जनस्वास्थ्य विज्ञ, प्रशिक्षणमा लामो अनुभव ।
४. श्री सुलभ खरेल कानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुख युवा अधिवक्ता ।
५. श्री तोयानारायण पौडेल केन्द्रीय शिक्षा विभाग सदस्य शिक्षाविद् , ह्वाइट हाउस कलेजका प्राचार्य ।
६. श्री बोधनारायण श्रेष्ठ केन्द्रीय संगठन विभाग उपप्रमुख व्यवस्थापन विज्ञ । लामो समय संयुक्त राष्ट्र संघ नेपालमा कार्यरत ।
७. श्री पार्थीवेन्द्र उपाध्याय केन्द्रीय शिक्षा विभाग सदस्य शिक्षाविद् । पूर्व क्याम्पस प्रमुख ।
८. श्री ज्ञानु पौडेल केन्द्रीय महिला विभाग सदस्य सामाजिक क्षेत्रमा लामो समय संलग्न नेतृ ।
९. श्री अर्जुन अधिकारी प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुख प्रवास समन्वयमा लामो अनुभव ।
१०. श्री मनिराम घिमिरे केन्द्रीय शिक्षा विभाग सदस्य शिक्षा क्षेत्रमा लामो समय अनुभव ।
११. श्री कल्पना पाण्डे केन्द्रीय महिला विभाग सदस्य पूर्व लुम्बिनी प्रदेश मन्त्री
१२. श्री ज्ञानेन्द्र महता विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव सुचना संचार क्षेत्रमा लामो अनुभव ।
१३. श्री प्रमिला कुमारी सिंह नीति विचार विभाग, सदस्य लामो समय नेपालका विकास परियोजनाहरुको  अनुभव प्राप्त ।

 

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206