०७ माघ २०८२, बुधबार

नेकपा (एमाले )केन्द्रीय सचिवालयको ५९औं बैठकका केही प्रमुख निर्णयहरू

Logo
Pulse Khabar आइतबार, कार्तिक १६, २०८२

नेकपा (एमाले )केन्द्रीय सचिवालयको ५९औं बैठक सम्पन्न भए अनुसार बैठकका केही प्रमुख निर्णयहरू यसप्रकार छन्‌:

  • यही मङ्सिर ६ गते प्रतिक्रान्तिविरुद्ध काठमाडौंमा बागमती प्रदेश स्तरीय प्रदर्शन गर्ने ।

  •  पार्टीको ११औं राष्ट्रिय महाधिवेशन पोखराको सट्टा काठमाडौंमा आयोजना गर्ने ।

 

• प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका प्रत्येक १,२०० पार्टी सदस्यले कम्तीमा १ जना महिला र १ जना ४० वर्षमुनिका युवा सहित ४ जना प्रतिनिधि छनोट गर्ने । थप, पहिलो ८०० सदस्यमा १ जना महिला र त्यसपछिका हरेक ८०० सदस्यमा थप १ जना हुने गरी प्रतिनिधि छनोट हुनेछ।

• जिल्लाका प्रत्येक ५०० दलित सदस्यबाट १ जना प्रतिनिधि चयन गरिनेछ। प्रत्येक थप ५०० सदस्यमा १ प्रतिनिधि थप हुनेछ। ३ प्रतिनिधिमध्ये १ महिला प्रतिनिधि हुनेछ ।

• विशेष जिल्लाहरूमा, जिल्ला निर्वाचन क्षेत्रका प्रत्येक १२०० सदस्य बराबरका कम्तिमा १ महिला सहित ३ जना प्रतिनिधि चयन गरिनेछ ।

• प्रत्येक प्रदेश कमिटीबाट २ जना महिला सहित ५ जना प्रतिनिधि चयन गरिनेछ।

• प्रत्येक प्रदेशमा कार्यरत श्रमिकहरू मध्येबाट ३ जना महिला सहित ७ जना प्रतिनिधि चयन गरिनेछ ।

•प्रवासका प्रत्येक निर्वाचन क्षेत्रबाट २ महिला सहित ५ जना प्रतिनिधि निर्वाचित गरिनेछ ।

• प्रत्येक केन्द्रीय विभाग १/१ जना र केन्द्रीय कार्यालयबाट १ जना प्रतिनिधि निर्वाचित गरिनेछ ।

• २३ जनसङ्गठन मध्ये ६ महासङ्घबाट २ जना महिला सहित ७ जना, र बाँकी १७ जनसङ्गठन मध्ये प्रत्येकबाट २ जना महिला सहित ५ जना प्रतिनिधि निर्वाचित गरिनेछ ।

• प्रतिनिधि छनोट मङ्सिर १३ गते (शनिबार) हुनेछ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206