१८ बैशाख २०८२, शुक्रबार

१६ मन्त्रीले लिए सपथ, सबैको जिम्मेबारी तोकियो

Logo
Pulse Khabar बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेपछि आज दोश्रो पटक मन्त्रिमण्डल विस्तार भएको छ । आज नवनियुक्त १६ मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए । प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको मन्त्रिपरिषद विस्तारअनुसार शपथ लिन बाँकी १६ मन्त्रीले शपथ लिएका हुन्। २० सदस्यीय मन्त्रिमण्डलमा तीन जनाले सोमबार नै शपथ लिएका थिए ।

प्रधानमन्त्री दाहालले एमालेका ८, माओवादीका आफूसहित ६, रास्वपाका ४ र नेकपा समाजवादीका २ गरी २० सदस्यीय मन्त्रिमण्डल बनाउनुभएको छ । प्रधानमन्त्री दाहालले सबै मन्त्रीहरुको जिम्मेबारी समेत तोकिसक्नु भएको छ । एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्दै नेतृत्व गरिरहँदा एमोलकै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्री बन्नु भएको छ । एमालेका दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री , वर्षमान पुनले अर्थ, शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त हुनु भएको छ । विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र समुना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएको छ ।

त्यस्तै, नेकपा समाजवादीबाट भानुभक्त जोशी सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकासमन्त्रीको जिम्मेबारीमा हुनुहुन्छ । एमाले र मा‌ओवादीसहितको नयाँ सत्ता गठबन्धनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीले औपचारिक रुपमा सहमत भएको थियो । नेकपा एकीकृत समाजवादीको केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन निर्माण गर्ने रणनीति स्वरुप साना दलहरुलाई आफ्नो पक्षमा उभिन आग्रह गरेका छन् ।

डा सिके राउत नेतृत्वको जनमत पार्टी, रेसम चौधरी शंरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी ९नाउपा० र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० सँग सभापति देउवाले बुधबार भेटेर आफ्नो कित्तामा उभिन आग्रह गरेका हुन्।

१६ मन्त्रीले लिए सपथ
काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेपछि आज दोश्रो पटक मन्त्रिमण्डल विस्तार भएको छ । आज नवनियुक्त १६ मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए । प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको मन्त्रिपरिषद विस्तारअनुसार शपथ लिन बाँकी १६ मन्त्रीले शपथ लिएका हुन्। २० सदस्यीय मन्त्रिमण्डलमा तीन जनाले सोमबार नै शपथ लिएका थिए ।

प्रधानमन्त्री दाहालले एमालेका ८, माओवादीका आफूसहित ६, रास्वपाका ४ र नेकपा समाजवादीका २ गरी २० सदस्यीय मन्त्रिमण्डल बनाउनुभएको छ । प्रधानमन्त्री दाहालले सबै मन्त्रीहरुको जिम्मेबारी समेत तोकिसक्नु भएको छ । एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्दै नेतृत्व गरिरहँदा एमोलकै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्री बन्नु भएको छ । एमालेका दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री , वर्षमान पुनले अर्थ, शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त हुनु भएको छ । विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र समुना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएको छ ।

त्यस्तै, नेकपा समाजवादीबाट भानुभक्त जोशी सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकासमन्त्रीको जिम्मेबारीमा हुनुहुन्छ । एमाले र मा‌ओवादीसहितको नयाँ सत्ता गठबन्धनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीले औपचारिक रुपमा सहमत भएको थियो । नेकपा एकीकृत समाजवादीको केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206