१८ बैशाख २०८२, शुक्रबार

अनुसन्धानलाई प्रभावित नगर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

Logo
Pulse Khabar बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि अनुसन्धानलाई प्रभावित पार्ने काम नगर्ने प्रतिबद्धता जनाउनुभएको छ । गृहमन्त्रीको जिम्मेबारी सम्हाल्दै उहाँले यस्तो बताउनुभएको हो । कर्मचारीहरुलाई निर्देशन दिने क्रममा गृहमन्त्री लामिछानेले आफ्ना कुनै पनि कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न खोजे उनीहरुलाई पनि कानुन अनुसार कारबाही गर्न निर्देशन दिनुभयो ।

आफ्नो नाम लिएर वा आफूसँग खिचेको फोटो देखाउँदै सरुवा र बढुवाको चिर्कटो बोकेर कोही आएमा जानकारी दिन समेत उहाँले कर्मचारीहरुलाई आग्रह गर्नुभयो । त्यस्तो व्यक्तिलाई सिंहदरबार प्रवेशमै रोक लगाउने उहाँको भनाई थियो । उपप्रधानमन्त्री लामिछानेले सरकारी जग्गा हडप्नेहरुलाई कारबाही गर्ने र सरकारी सम्पत्ति सरकारकै नाममा ल्याउने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

उहाँले मिटरव्याज पीडित वा अरु कुनै पीडित न्याय माग्न काठमाडौंसम्म आउन नपर्ने गरी काम गर्ने बताउनुभयो । उहाँले अघिल्लो कार्यकालको तुलनामा अहिले अझ बढी दृढ भएको बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206