

विराटनगर । मोरङको धनपाल थानमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । धनपालथान गाउँपालिका ३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको शव झुण्डिएको अवस्थामा फेला परेको हो । बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख हुन् । कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए । दाहालले रिवारका सदस्यलाई बोलाएको र परिवार आएपछि शवलाई परीक्षणको लागि अस्पताल ल्याउने बताए । बस्यालको मृत्युको कारण भने खुलेको छैन ।