

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनःगठन गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहालले सबै मन्त्रीलाई हटाएर सानो आकारको मन्त्रिमण्डल बनाउने श्रोतले जनाएको छ । सत्ता समिकरण परिवर्तन गरेर एमालेसँगको समिकरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहालले अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्न लाग्नु भएको हो ।
नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा )बाट एक एक जना मन्त्री बनाउने प्रधानमन्त्री दाहालको तयारी छ । एमालेबाट प्रमुख सचेतक पदम गिरी मन्त्री बन्ने पक्का भएको छ तर अन्य दलले मन्त्री तय गरिसकेका छैनन् । आज सबै बिना विभागीय मन्त्री नियुक्त हुँदै छन् ।