१८ साउन २०८२, आइतबार

एमालेले आज सुखानी दिवस मनाउँदै

Logo
Pulse Khabar सोमबार, फाल्गुण २१, २०८०

विराटनगर। नेकपा एमालेले आज सुखानी स्मृति दिवस मनाउँदै छ । एमाले र उसका भातृ संगठनहरुले आज विशेष कार्यक्रम गर्दै औपचारिक रुपमा सुखानी स्मृति दिवस मनाउन लागेका हुन् । आज झापाको सुखानीमा नेकपा एमालेले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्ने जनाएको छ । झापा विद्रोहका पाँचजना नेताहरुलाई सुखानी जंगलमा जेल सार्ने क्रममा तत्कालिन सरकारले हत्या गरेको दिवसको सम्झनामा एमालेले सुखानी दिवस मनाउने गरेको छ ।

वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानमा तत्कालीन झापा विद्रोहका पाँचजना नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206