२० मंसिर २०८२, शनिबार

तिहार सुरुः नयाँ भाँडा किनेर मनाइयो धनतेरस

Logo
Pulse Khabar शनिबार, कार्तिक ०१, २०८२

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरका पूजाकोठामा राखी कुबेरको पूजाआराधना गरी मनाइएको छ । धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा आज कुबेरको विशेष पूजाआराधना गरिएको हो । केहीले आज कुबेरको पूजा गरे पनि कुल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाको दिन गर्दछन् ।

भाण्ड त्रयोदशीसमेत भनिने आजको दिन ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको परम्परादेखिको विश्वास छ । धनतेरसका दिन सुनचाँदीका गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको बजारमा घुइँचो लागेको छ ।

आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीजस्ता नामले पनि चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानदेखि ग्राहकको भीड लागेको थियो । तिहार लाग्नु एक साताअघिदेखि नै भाँडाको बिक्री बढेको भाँडा व्यवसायी देवप्रसाद बानियाँले जानकारी दिनुभयो ।

भाँडा पसलमा एक साताअघिदेखि तामा, पित्तललगायत धातुका भाँडा आकर्षक रूपमा साजसज्जा गरी राख्ने गरिन्छ । नयाँ भाँडा एवं गरगहना किन्ने क्रम लक्ष्मीपूजाका दिनसम्म पनि जारी रहन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206