०२ कार्तिक २०८२, आइतबार

नागरिक समूहको अध्यक्षमा दाहाल

Logo
Pulse Khabar शनिबार, कार्तिक ०१, २०८२

काठमाडौँ: सुशासन र भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा विष्णुहरि दाहाल सर्वसम्मत चयन हुनुभएको छ । समूहको आज यहाँ सम्पन्न साधारणसभाले दाहाललाई अध्यक्षमा चयन गरेको हो ।

विगत एक दशकदेखि सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वका पक्षमा आवाज उठाउँदै आएको नागरिक समूहले नयाँ नेतृत्वको आगमनसँगै आगामी दिनमा अभियानलाई अझ व्यवस्थित, प्रभावकारी र समावेशी रूपमा अघि बढाउने घोषणा गरेको छ ।

नवनिर्वाचित अध्यक्ष दाहालले आफ्नो कार्यकाल मुलुकको आर्थिक रुपान्तरण, सुशासन र राष्ट्रिय समृद्धिको अभियानमा केन्द्रित रहने बताउनुभयो । उहाँले नेपालभित्र र बाहिर रहेका सबै देशभक्त नागरिकलाई यो अभियानसँग जोडिन आह्वान गर्नुभयो ।

सभामा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । वक्ताहरूले उक्त आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा ऐतिहासिक परिवर्तन ल्याएको भन्दै यसको उपलब्धिहरूको रक्षा गर्नु आजको मुख्य आवश्यकता रहेको बताए ।

समूहका प्रतिनिधिहरूले नेपाल अहिले संकटग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै, पछिल्ला आन्दोलनले दिएको सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सबै सचेत नागरिकले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले राजनीतिक स्थायित्व कायम गर्दै देशलाई समृद्ध र सशक्त बनाउने लक्ष्यका साथ नागरिक समूहले नयाँ अभियान सुरु गरेको जनाएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206