२० मंसिर २०८२, शनिबार

अमेरिकामा रेस्टुरेन्ट व्यपारमा फस्टाउदै गरेका नेपली युवा

Logo
Pulse Khabar शुक्रबार, आश्विन २४, २०८२

नेपाली समूदायले अमेरिकामा स्टोर, ब्यूटी सैलुनदेखि होटल लगायतमा लगानी गर्ने क्रम बढिरहेको छ ।
यसै क्रममा अमेरिकाको कोलोराडोमा पनि नेपाली व्यवसायीहरुले होटल तथा रेष्टुरेन्टमामा लाखौं डलर लगानी गरेका छन् ।

त्यहि सिलसिलामा नेपाल बिराटनगर घर भएका युवा ब्यवसायी सुमन केसी ले पनि कोलोराडो स्थित ब्रुनफिल्ड र डेनभरमा दरबार नेपाली एण्ड ईन्डियन बिस्ट्रो र करी एण्ड ग्रिल होटल रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। उक्त रेस्टुरेन्टहरूले नेपाली स्थानीय समुदायहरू लाई प्रतिनिधित्व गर्ने हिमाल, पहाड र तराईका स्वादहरू पस्कने जमर्को गरेको छ। कोलोराडोभरि पाक संस्कृतिको नयाँ लहर मौलाउदै गर्दा नेपाली स्वदलाई प्राथमिकतामा राखेर संचालनमा आएको यो रेष्टुरेन्टले नेपालिहरुलाई नेपालिपनको आभाष दिलाएको पाईन्छ। मो.मो, नेपाली थकाली, गुन्द्रुकको अचार, ढिडो, छोइला, मुस्ताङ आलु, चिकन तन्दुरी, पक्कु, सेल रोटी, पनीर टिक्का र सुगन्धित करी जस्ता परम्परागत परिकारहरूको साथमा , नेपाली खाना उपलब्ध गराउने गरेको छ। कोलोराडोमा रहेका नेपाली लाई मात्र नभई त्यहिका स्थानिय साथै नेपाली स्वादका पारखिहरुलाई मन्त्रमुग्ध बनाएको छ।

हामी चाहन्छौं कि मानिसहरूले खाना मार्फत नेपालको अनुभव गरून् – सडक शैलीको मोमो देखि प्रत्येक नेपाली घरपरिवारमा मन पराइने परम्परागत करीहरूसम्म,” संचालक सुमन केसी ले भने। “कोलोराडो यी स्वादहरू साझा गर्नको लागि उत्तम ठाउँ हो किनभने यहाँको समुदायिक विविधता, खुला छ, र सधैं केहि नयाँ प्रयास गर्न उत्साहित छ।”

दैनिक भोजनको अतिरिक्त, दरबार नेपाली र भारतीय बिस्ट्रोले नेपाली आतिथ्यमा थप कोलोराडियनहरूलाई परिचय गराउन सांस्कृतिक कार्यक्रमहरू, खानपान सेवाहरू र खाना प्रवर्द्धन कार्यक्रमहरूको आयोजना गर्दै आएको र आगामि दिनमा पनि गर्ने योजना हरु रहेको बनाएको छ।
‘यो हाम्रो नयाँ सुरुवात हो हाल हामिले ८ देखि १० जनालई रोजगार दिईरहेका छौं। आगामी दिनमा पनि लगानी गर्ने क्रम जारी रहन्छ’ संचालक सुमन केसि ले भने, ‘हामी अझै नयाँ होटल लगायत व्यवसाय थप्ने र रोजगारिका अवसरहरु पनि सृजना गर्ने क्रममा छौं।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206