१८ बैशाख २०८२, शुक्रबार

बालकुमारी घटनामा फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी दुई मन्त्रीसहितको समिति गठन

Logo
Pulse Khabar सोमबार, फाल्गुण १४, २०८०

सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो । उहाँले छानबिन गर्न गठित आयोगले सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरको बताउनु भयो । उहाँकाअनुसार सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु हुने जय शंकर साहको परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यस्तै सुनको अवैध पैठारी, तस्करी नियन्त्रण सम्बन्धी गठित आयोगको म्याद २०८० फागुन १६ बाट लागू हुनेगरी फागुन मसान्तसम्म थप गरेको छ ।

उहाँले भन्नुभयो, ‘प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु हुने जय शंकर साहको परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख उपलब्ध गराउने निर्णय भएको छ । उहाँले सुनको अवैध पैठारी, तस्करी नियन्त्रण सम्बन्धी गठित आयोगको म्याद २०८० फागुन १६ बाट लागू हुनेगरी फागुन मसान्तसम्म थप गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले सरकारले भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाललाई प्रदान गर्ने इन्टरनेशनल मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने र जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको बताउनु भयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206