३१ आश्विन २०८२, शुक्रबार

आज विश्व हुलाक दिवस

Logo
Pulse Khabar बिहिबार, आश्विन २३, २०८२

‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ । सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक सङ्घको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो । त्यसपछि विश्वका विभिन्न देशले वार्षिक रूपमा यो दिवस मनाउँदै आएका छन् ।

यो दिवसमा धेरै देशका हुलाकले नयाँ हुलाक उत्पादन र सेवाको प्रवद्र्धनात्मक कार्यक्रम पनि गर्दै आएका छन् । विश्व हुलाक दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जारी गर्नुभएको सन्देशमा हुलाकका माध्यमबाट सहरी र ग्रामीण क्षेत्रबीचको सम्पर्क कायम भएको र हुलाक कर्मचारीको सञ्जालले दुर्गम गाउँ तथा सहरलाई जोडेर विश्वलाई सबैको पहुँचमा पु¥याएको बताउनुभएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206