३१ आश्विन २०८२, शुक्रबार

एकद्वार प्रणालीमार्फत राहत केन्द्रित गर्न अनुरोध

Logo
Pulse Khabar बुधबार, आश्विन २२, २०८२

काठमाडौँ, २२ असोजः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्जन्य घटनामा प्रभावित नागरिकका लागि एकद्वार प्रणालीबाट राहत वितरण गर्न अनुरोध गरेको छ ।

आज सिंहदरबारमा बसेको ‘क्लस्टर र को–लिड्स’मा रहेका विभिन्न निकायसँग समन्वय बैठकमा प्राधिकरणले उक्त अनुरोध गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले अन्तरनिकाय समन्वय गरी विपद्बाट बढी प्रभावित जिल्लामा दोहोरो नपर्नेगरी एकद्वार प्रणालीमार्फत आफ्ना राहत क्रियाकलाप केन्द्रित गर्न सबै ‘लिड्स’ र ‘को–लिड्स’ निकायलाई आग्रह गर्नुभयो ।

सरकारले यसरी विपद् व्यवस्थापनमा समन्वय गर्ने ११ वटा क्लस्टर बनाइ त्यसको लिड र कोलिड तोकेर जिम्मेवारी बाँडेको छ । असोज १७ देखि २० गतेसम्म परेको वर्षाका कारण उत्पन्न विपद्बाट जनधनको बढी क्षति भएका जिल्लामा राहत व्यवस्थापनलगायत विषयमा आज ‘क्लस्टर लिड्स’ रहेका सङ्घीय मन्त्रालय र प्राधिकरणको सभाहलमा बैठक बसेको हो ।

बैठकमा ११ वटै क्लस्टरका ‘लिड्स’ र ‘को–लिड्स’ले राहत व्यवस्थापनका लागि आआफ्नो निकायको सामथ्र्य एवं विपद् प्रभावित क्षेत्रमा ती निकायबाट भइरहेका राहतका कामका बारेमा जानकारी गराएका थिए ।

उक्त क्लस्टरले विपद्को पूर्वतयारीदेखि प्रारम्भिक पुनःलाभसम्मका लागि काम गर्नेछन् । जसमा खाद्य सुरक्षा, स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइ, शिक्षा, सुरक्षा, आवास, ‘क्याम्प’ समन्वय, बन्दोबस्ती, प्रारम्भिक पुनःलाभ र आपतकालीन सञ्चार पर्दछन् ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206