०९ कार्तिक २०८२, आइतबार

तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी 

Logo
Pulse Khabar बुधबार, आश्विन २२, २०८२
 दाङ  । कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगन साना र ठूला मादलले भरिएको छ । त्यसैका छेउमा एकाबिहानै चित्रे बादी मादलमा एकनासले खरी भरि रहेको भेटिन्छन् ।
घोराही उपमहानगरपालिका–१७ पचुर्खाका बादीको मादल बनाउने र मर्मत गर्ने व्यस्तता तिहार नजिकिएसँगै थपिएको हो । अरु समयमा भन्दा तिहारमा मादलको माग बढ्छ । तिहारमा हुने मादल बिक्रीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ ।
आफूले मादल मर्मत गर्नेदेखि नयाँ मादल पनि बनाउँदै आएको उनले बताए । “बुवा गुइठे बादी मादल बनाउनुहुन्थ्यो, उहाँकै सिको गरेर मैले पनि १२ वर्षको उमेरदेखि मादल बनाइरहेको छु”, ७० वर्षे बादीले भने । हिजोआज त बिहान उज्यालो भएदेखि बेलुकैसम्म उनलाई मादलको काम भ्याइनभ्याइ छ । यही पेसबाट आफूले चार छोरा र दुई छोरी हुर्काएको र यसैबाट घरखर्च चलाएको पनि उनले बताए ।
तिहारमा देउसी भैलो खेल्नेहरु हरेक वर्ष जसो उहाँको घरमा नयाँ मादल किन्न, मादलमा खरी हाल्न, मादल कस्न र छाला फेर्न आउँछन् । नयाँ मादलको आकारअनुसार ७ हजारदेखि १५ हजारसम्ममा बिक्री हुने गरेको उनले सुनाए ।
उनको घरमा घोराही, तुलसीपुर, नारायणपुर, लमही, प्युठान र  रोल्पालगायतबाट स्थानबाट मादल खरिद गर्न मानिस आउने गरेका छन् ।
उनलाई काममा श्रीमती भूमि बादीले सहयोग गर्छिन् । आफूलाई नयाँ मादल बनाउन नआएपछि श्रीमानको काममा सहयोग गरिरहेको भूमि बादीले सुनाइन् । आफूले खरी बनाउन, छाला काट्नेलगायतका काममा सहयोग गरिरहेको उनले बताइन् । यो परिवारमा कान्छो छोराले पनि मादल बनाउन सिकेका छन्  ।
उनले मादल बनाउन खिर्रो, मौवा, मलेतो, खमारीलगायतका काठको प्रयोग गर्छन् । मौवा र खमारीको काठमा स्वर राम्रो सुनिने उनको अनुभव छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206