१८ बैशाख २०८२, शुक्रबार

तीन मन्त्रीको राजीनामा माग्दै संसदमा नाराबाजी

Logo
Pulse Khabar सोमबार, फाल्गुण १४, २०८०

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसद बैठक सुरु हुन साथ नाराबाजी गरेको छ । प्रतिनिधिसभा (संसद) को आज बसेको बैठकमा एमाले सांसदहरुले आ–अफ्नो स्थानमा उभिएर नाराबाजी गरे । उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका हुन् । एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

विपक्षी दलहरुले ६ फागुनयताका हरेक बैठकमा विवादमा मुछिएका मन्त्रीहरुको राजीनामा माग गर्दै आएका छन् । १३ पुसमा भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला पनि दोषी रहेको प्रतिवेदन जाँचबुझ समितिले बुझाएपछि विपक्षीहरुले उनको राजीनामा माग्दै आएका छन् । त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रभण्डले प्रतिवेदन बुझेपछि अध्ययन गरेर कार्यान्वयन गर्ने संसदमा जवाफ दिने क्रममा बताउनुभएको थियो । तर अहिलेसम्म कसैलाई कारबाही नभएको भन्दै एमालेका सांसदहरुलै बैठकमा तीन मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206