१७ बैशाख २०८२, बिहिबार

बुढीगंगामा दुर्घटना : जुम्ल्याहासहित तीन बालबालिकाको मृत्यु

Logo
Pulse Khabar शुक्रबार, फाल्गुण ११, २०८०

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ मा भारतीय ट्रकले ठक्कर दिँदा एकै परिवारका दुई जना सहित ३ जनाको मृत्यु भएको छ ।

बुढीगंगा गाउँपालिका ४ का ६० वर्षीय ज्योती अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास मृत्यु भएको छ । इसिता र निशान्त जुम्ल्याहा हुन् । उनिहरु सुतेको बेला लहरी गाडी पल्टिएर ठुलो टुङगाले किचेर मृत्यु भएको प्रत्यदर्शीले बताएका छन् । ज्योती अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

आज विहान ७ बजे कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी बुढीगंगा ४ प्रगती टोलमा दुर्घटना भएको थियो । दुर्घटना भएर पल्टिएको लहरी ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ । पल्टिएको लहरीले थिचेर तीन जना बालवालिकाको घटनास्थलमा मृत्यु भएको हो ।

भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी दुर्घटना भएको थियो । अहिलेसम्म लहरीले थिचेर मृत्यु भएको बालवालिकाहरुको शव निकाल्न प्रहरीले सकेको छैन । मोरङ प्रहरीका प्रवत्ता डिएसी रन्जन कुमार दाहालले घटनास्थलबाट ढुङगा पन्छाएर शव निकाल्ने प्रयास गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206