०१ माघ २०८२, बिहिबार

कोशी प्रदेश स्काउट आयुक्तमा भण्डारी

Logo
Pulse Khabar बिहिबार, फाल्गुण १०, २०८०

विराटनगर । नेपाल स्काउट, कोशी प्रदेशको प्रदेश आयुक्तमा धरान १६ का स्काउटर हेमन्त भण्डारी नियुक्त हुनु भएको छ । नेपाल स्काउट कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा स्काउटर श्री हेमन्त भण्डारीलाई नियुक्त गर्नु भएको हो । नेपाल स्काउट, नियमावली,२०७७ बमोजिम प्रदेश परिषदमा निर्वाचित प्रदेश परिषद सदस्यहरु मध्ये एक जना सदस्यलाई प्रमुख स्काउटले प्रदेश आयुक्तमा मनोनयन गर्ने कानुनी व्यवस्था छ। २०६४ सालमा सुनसरी क्रीयु रोभर तहमा प्रवेश गरी स्काउट क्षेत्रमा उदाएका भण्डारी २०७१ सालमा पुर्वान्चल विकास क्षेत्रको युवा परिषदको अध्यक्ष हुनु भएको थियो । २०६७ सालमा झापाबाट स्काउट आधारभुत तालिम लिएर स्काउट लिडर बन्दै भण्डारीले २०७१ सालमा एड्भान्स स्काउट तालिमका साथै कब स्काउट आधारभूत तालिम समेत लिनु भएको छ ।

२०६८ मा सुनसरी जिल्ला स्काउट परिसद सदस्य, २०७७ सालमा प्रथम पटक संघीय संरचनामा स्काउट रुपान्तरण भए पछि कोशी प्रदेश तदर्थ समिति सदस्य हुनु भएका भण्डारी कोशी प्रदेशका स्काउट सदस्यता वृद्धि संयोजक समेत भइ सक्नु भएको छ ।  प्रदेश आयुक्तका रुपमा उहाँको ४ वर्षे कार्यकाल हुनेछ। प्रदेश आयुक्त नियुक्ति पछि स्काउटको विकास र विस्तार गर्दै प्रदेशवासी युवा तथा बालबालिकाहरुको हितमा लाग्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206