२० मंसिर २०८२, शनिबार

युक्रेनी हमला ६० रुसी सैनिकको मृत्यु

Logo
Pulse Khabar बुधबार, फाल्गुण ०९, २०८०

काठमाडौं । रुसले कब्जामा लिएको पूर्वी युक्रेनस्थित एउटा सैनिक प्रशिक्षण क्षेत्रमा भएको दुईवटा क्षेप्यास्त्र हमलामा परी कम्तीमा ६० जना रुसी सैनिकको मृत्यु भएको छ । एकजना वरिष्ठ रुसी कमान्डरको स्वागतका लागि रुसी सैनिकहरु भेला भएको बेला दोनेत्स्क क्षेत्रमा उनीहरुमाथि हमला भएको हो ।

६० जना भन्दा बढी सैनिकको मृत्यु भएको यो घटनाको फुटेजमा देखिएको बिबिसीले उल्लेख गरेको छ । रुसी अधिकारीले हमला गरिएको पुष्टि गरेका छन्। युक्रेनले अमेरिकामा निर्मित हाइमार्स क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । तर युक्रेनी अधिकारीहरूको तर्फबाट अहिलेसम्म त्यसबारे कुनै टिप्पणी गरिएको छैन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सेर्गेई शोइगुसँग बैठक गरेको केही घण्टापछि घटना भएको बताइएको छ। घटनामा बाँच्न सफल एक सैनिकका अनुसार मेजर जेनरल ओलेग मोइसिएफको स्वागतका लागि सैनिक जवानहरूलाई ब्रिगेड कमान्डरहरूले खुला मैदानमा भेला गरेको बेला हमला भएको हो । उनीहरूलाई दुईवटा क्षेप्यास्त्रले निशाना बनाइएको बताइएको छ। सो क्षेत्रका गभर्नर एलेक्सान्डर ओसिपोभले घुमाउरो तरिकाले घटनाको पुष्टि गरेका छन्।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206