०९ कार्तिक २०८२, आइतबार

मुलुकको स्वार्थ रक्षाका लागि प्रतिबद्ध छु : अर्थमन्त्री खनाल

Logo
Pulse Khabar बुधबार, आश्विन ०८, २०८२

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले मुलुकको स्वार्थ रक्षाका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । आज मोरङ उद्योग व्यापार सङ्घले विराटनगरमा आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले मुलुकको सर्वोपरी हितका निम्ति काम गरेर प्रमाणित गर्ने प्रतिबद्धता जनाएका हुन् ।

भ्रष्टाचार न्यूनीकरणका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउँदै उनले निजी क्षेत्रकै सल्लाह र सुझावका आधारमा स्वकीयसहित अन्य कर्मचारीलाई हटाउने निर्णय सरकारले गरेको जानकारी दिए ।

मन्त्री खनालले निजी क्षेत्रले नाफा कमाउनेसँगै राष्ट्रिय हितमा पनि योगदान दिनुपर्नेमा जोड दिए । उनले दीर्घकालीन परिवर्तनका लागि दत्तचित भएर काम गर्ने विश्वास दिलाए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले आयात–निर्यात हुने वस्तुको मूल्याङ्कन वैज्ञानिक प्रणालीमार्फत गर्नुपर्ने सुझाव दिए । त्यसैगरी सङ्घका अध्यक्ष अनुपम राठीले उद्योगी र व्यापारीहरूको लिखित सुझाव मन्त्री खनाललाई हस्तान्तरण गरेका थिए ।

मन्त्री खनालले देशको आर्थिक गतिविधिलाई क्रियाशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावलाई कार्यान्वयन गर्न आग्रह गरे ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206