३१ आश्विन २०८२, शुक्रबार

ईसाइ समाज बिराटनगर द्वारा सहयोगको अपिल

Logo
Pulse Khabar सोमबार, आश्विन ०६, २०८२

फा.जितनारायण चौधरी  बिराटनगर,

लामो समय पश्चात बिराटनगरमा अवस्थित एफ.आई.सी.चर्चमा ईसाइ समाज बिराटनगरको मासिक सङ्गती शुरु भएको छ। स्थानीय चर्चका अगुवा बिमला चौधरीज्यु ले सन्चालन गर्नु भएको सङ्गतीमा स्थानीय मण्डलीका सङ्गीत समुहले सुन्दर भजनहरु प्रस्तुत गर्नु भयो।यस सङ्गतीमा शुरुको प्रार्थना ईसाइ समाज बिराटनगरका सह-सचिव तथा एलीम चर्च बिराटनगरका पास्टर भरत बुढाथोकीज्युले गर्नु भएको थियो।

त्यसैगरी स्थानीय मण्डलीका सङ्गीत समुहले सुन्दर-सुन्दर भजन र गीत गाउदै स्तुति प्रशन्सामा डोर्याउनु भएको थियो भने स्थनीय मण्डलीका वरिष्ठ पास्टर दिपक श्रेष्ठज्युले स्वागत गर्नु भएको थियो।स्वागतको क्रममा उहाँले  २० बर्ष पछि हाम्रो चर्च अर्थात एफ आई सी चर्चमा ईसाइ समाजको सङ्गती भएको छ र यसमा साह्रै नै खुसी ब्यक्त गर्दै खुशी प्रकट गर्नुभयो ।

      पास्टरहरु मात्र नभै पास्टरनी आमाहरुलाई आजको यस महत्वपुर्ण सङ्गतीमा स्वागत गर्न पाउनु ठुलो सौभाग्य भएको कुरा छुटाउनु भएन।स्वागत कै समयमा स्थानिय मण्डलीको तर्फबाट गर्मी मौसमलाई हटाउनको लागी जुस तथा पानीको प्रबन्ध गर्नु भएको थियो।
स्वागत मन्तब्य लगतै ८ नम्बरको भजन गाईयो।जुन एकदमै सुन्दर शैलीमा थियो।भजन पछि स्थानीय मण्डलीका जवानहरुद्वारा सुन्दर नाटक प्रस्तुत गरियो। त्यसपछि भजन ३३२ नम्बरको गाउदै भेटी संकलन गरियो।भेटीको निम्ति पास्टर कनोज लम्सालज्युले आशिष माग्नु भएको थियो।
लगतै सुचना ईसाइ समाज बिराटनगरका सचिव पास्टर अमृत मगरज्युले  सङ्गती वाई यफ सी मा हुने जानकारी गराउनु भयो र यसको मिति वाई एफ सीमा हुने जानकारी गराउदै साथै भर्खरै भएको जेन जीको आन्दोलनले जे जति क्षति भएको छ,बिराटनगर  महानगरपालिका सङ्ग सहकार्य गर्नको लागी समाज सङ्ग आबद्ध मण्डली र संघ सस्थाहरुले आ-आफ्ना हात बढाई सहयोग गरौ भन्ने जानकारी पनि गराउनु भयो।
स्थानीय मण्डलीका जवानहरुले बिशेष भजन अङ्ग्रेजीमा गाएर सुनाउनु भयो।यस पछि वचनको निम्ति पास्टर युबराज प्रधानज्युले प्रार्थना गर्नु भयो भने आराधना मण्डलीका पास्टर राजन राईज्युले प्रभुको वचन बोल्नु भयो र वचनको शिर्षक `असल नेतृत्वपन´रहेको थियो र युहन्ना रचित सु -समाचार १७ अध्यायलाई समेट्नु भएको थियो,जहा प्रभु येसुले एकतामा रहनु पर्छ भनेर बताउनु भएको छ।अगुवामा हुनु पर्ने गुणहरु वा अगुवा वा नेतृत्वपन कस्तो हुनु पर्छ?भन्ने बिषयमा “डिजाइनर अथवा प्रगतीशील,उत्साह दिने अगुवा,दर्शन देख्ने अगुवा,
सामुहिक अगुवापन,संयुक्त जवाबदेहिता,एक अर्कालाई सहायता गर्ने कुरा” प्रभुको वचनको सेवा पश्चात स्थानीय मण्डलीका एल्डर जेम्स किस्कुज्युले आजको सङ्गतीमा सहभागी सबैलाई धन्यबाद दिनु भयो।त्यसै गरी सहभागीहरुको निम्ति मिठो भोजन तयार गर्नु हुने दिदि बहिनि र दाजु भाईहरुलाई धन्यबाद दिनु भयो।
धन्यबादको समय पछि स्थानीय पास्टर दिपक श्रेष्ठ ज्युले यसैया४१:१०-११ पदको अध्ययन गर्नु भयो र हामीले र हाम्रो चर्चले सधै भरी तपाईहरुलाई माया गर्नु हुन्छ भने बिश्वास गर्नु हुन्छ ? भन्दै सहभागी सबैलाई प्रेमको चिनो स्वरुप उपहार दिनु भयो।बिगतका पिडालाई भुल्ने कोशिष गर्दै एउटा हिन्दि शायरी प्रस्तुत गर्नु भयो र सहभागी सबैले ताली बजाएर खुसि बाड्नु भयो।
अन्तिम प्रार्थना पास्टर ओबेद चौधरीज्युले गर्नु भएको थियो भने आशिषको प्रार्थना स्थानिय मण्डलीका पास्टर दिपक श्रेष्ठज्युले गर्नु भयो।कार्यक्रमको अन्तमा सामुहिक तस्बीर पनि लिईयो।
र अन्तमा सामुहिक प्रेम भोजमा सहभागी भईयो।आजको यस ऐतिहासिक सङ्गतीको आयोजना गर्नु हुने एफ आई सी चर्चका पास्टर दिपक श्रेष्ठज्यु लगायत सम्पुर्ण मण्डली परिवारलाई धेरै धेरै धन्यबाद छ। प्रभुलाई धन्यवाद ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206