०९ कार्तिक २०८२, आइतबार

असोज अन्तिम सातातिर मात्र काठमाडौँमा मेलम्चीको पानी

Logo
Pulse Khabar सोमबार, आश्विन ०६, २०८२

काठमाडौँ, ६ असोज । काठमाडौँ उपत्यकामा यस वर्ष मेलम्चीको पानी असोजको अन्तिम सातातिर मात्र आउन सक्ने भएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासका अनुसार हाल मेलम्ची खोलामा पानीको बहाब अत्यधिक भएकाले दसैँअघि उपत्यकामा पानी ल्याउन सकिएको छैन । “बहाब कम भएपछि मात्र मेलम्चीको पानी भित्र्याउने तयारी छ,” उनले भने ।

२०७८ असार १ गते आएको भीषण बाढीपहिरोले मेलम्ची आयोजनाको हेडवर्क्स क्षतिग्रस्त बनाएपछि हिउँदमा मात्र पानी वितरण हुने परम्परा बनेको हो । हाल मेलम्चीको मुहान बन्द रहेको र दैनिक ६ देखि ७ करोड लिटर पानी मात्र रिबर्मा खोलाबाट उपत्यकामा ल्याइरहेको समितिले जनाएको छ । मेलम्ची सञ्चालन हुँदा भने करिब १७ देखि १८ करोड लिटर पानी दैनिक आपूर्ति हुँदै आएको थियो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानी आवश्यक पर्छ । तर मेलम्ची बन्द रहँदा विभिन्न स्रोतबाट जम्मा १३–१४ करोड लिटर मात्र आपूर्ति भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206