१७ बैशाख २०८२, बिहिबार

‘प्रधानमन्त्री दाहाल हुत्तिहारा’- अध्यक्ष ओली

Logo
Pulse Khabar मंगलबार, फाल्गुण ०८, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई हटाउन नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई हुत्तिहाराको संज्ञा दिनु भएको छ । ओलीले सरकार आफैँले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीनामा नदिने मन्त्री ज्वालालाई नैतिकता हराएको मन्त्री र त्यस्ता मन्त्रीलाई हटाउन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाललाई हुत्तिहारा रहेको बताउनुभयो । पार्टी मुख्यालय च्यासलमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले दुई जना मानिसको ज्यान समेत गएको घटनामा दोषी करार मन्त्री ज्वालाले कुनैपनि हालतमा पदमा बसिरहन नमिल्ने बताउनु भयो । अध्यक्ष ओलीले सोही घटनालाई चित्रण गर्दै वर्तमान सरकारले लोकतन्त्रको मजाक उडाएको र लोकलाज पचाएको जिकिर समेत गर्नुभयो । ओलीले वर्तमान सरकारले मुलुकलाई आर्थिक संकटबाट मुक्त गराउन नसक्ने दाबी समेत गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206