१७ बैशाख २०८२, बिहिबार

काँग्रेस महासमिति बैठक : आजदेखि प्रस्तावहरुमा सामूहिक छलफल हुने

Logo
Pulse Khabar मंगलबार, फाल्गुण ०८, २०८०

काठमाडौं । हिजोदेखि ललितपुरको गोदावारीमा सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा आज विभिन्न प्रस्तावहरु पेश भएर सामूहिक छलफल हुँदै छ । महासमिति बैठकको प्रचार प्रसार उपसमिति संयोजक मीन विश्वकर्माले बैठकमा विभिन्न समूहमा रहेर नीति, सांगठनिक, समसामयिक, अर्थ र लेखासम्बन्धी प्रस्तावहरुमाथि छलफल सुरु हुने बताउनुभयो । बिहान ९ बजेदेखि सुरु हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदन, महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रतिवेदनमा सामूहिक छलफ हुने छ । बैठकमा अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतको अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे र श्याम घिमिरेको लेखा सम्बन्धी प्रतिवेदन पेश हुने छ । महामन्त्री थापाको प्रतिवेदनलाई गएराति अन्तिम टुंगो लगाइएको थियो । देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा छलफलमा चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव महासमिति बैठकमा लैजाने सहमति जुटेको एक नेताले बताए । नीति महाधिवेशनको रुपमा समेत लिइएको महासमिति बैठक फागुन १० गतेसम्म चल्ने छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206