०९ साउन २०८२, शुक्रबार

तनहुँमा जन्ती बोकेको बोलेरो दुर्घटना : २ जनाको मृत्यु, १६ जना घाइते

Logo
Pulse Khabar सोमबार, फाल्गुण ०७, २०८०

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका १ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बरादी हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । यस्तै दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।

मृत्य हुने दुवै जनाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206