०९ साउन २०८२, शुक्रबार

आज प्रजातन्त्र दिवस

Logo
Pulse Khabar सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । विक्रम सम्बत् २००७ फागुन ७ गते १ सय ४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा आज प्रजातन्त्र दिवस मनाइँदै छ । प्रजातन्त्र दिवस हरेक वर्ष फागनु ७ गते मनाइन्छ । यस अवसरमा विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ । दिवसका अवसरमा अन्य संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

प्रजातन्त्र दिवसलाई विसं २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रुपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी हुन सफल भएको थियो । नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरी बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज दिवसको अवसरमा सार्वजनिक विदा समेत दिइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206