०१ माघ २०८२, बिहिबार

मेलाम्चीमा भ्रष्टाचार गरेको मुद्धा परेपछि भीम उपाध्यायले भने- ‘रौं बराबर दम छैन’

Logo
Pulse Khabar सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि उपाध्यायले आफ्नो प्रतिकृया सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।

मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसहित १८ जनाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो । मुद्धाबारे प्रतिकृया दिँदै तत्कालीन सचिव उपाध्ययले आफूबाट कुनै गल्ती नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा मुद्धाको विवरण बुझेपछि आफ्नो प्रतिकृया आउने बताएका छन् । यो विषयमा डेढ वर्ष अघि नै अख्तियारमा लिखित प्रतिकृया दिएको समेत उनले खुलासा गरेका छन् ।  मुद्दा दायर गर्न पर्ने बिषय नै नभएको दाबी गर्दै उनले लेखेका छन्  ‘अख्तियारले आफ्नो ब्याख्यात्मक अधिकार प्रयोग गरेर मुद्दा दायर गरेछ। मुद्दामा रत्ति दम छैन। अधिकार हुनेले अधिकारको दुरूपयोग गर्न सक्छन्। यसको दोष लिने कुरा हुँदैन।’

८ अर्बको ठेक्कामा ७ अर्ब हिनामिना गरिएको भन्दै मुद्धा परेको भन्दै उनले आफूविरुद्ध ठेकेदारलाई बिना ब्याज पेश्की दिएको अभियोग लगाइएको र त्यसको ब्याज र ब्याजको स्याज जोडेर बिगो कायम गरिएको बताएका छन् । उनले मुद्धा परेको अरुका विषयमा आफूलाई खास थाहा नभएको र आफू २०७३ कार्तिक देखि ०७४ भदौ १२ गतेसम्म खानेपानी मन्त्रालयको सचिव पदमा १० महिना काम गर्दा पदेन मेलाम्ची बोर्डको अध्यक्ष रहेको भन्दै भनेका छन्  – ‘म ३ करोड नेपालीका सामू ढुक्कसँग भन्छु, मबाट देशहितको काम बाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन। देशको हितमा काम गर्नु गल्ती हुँदैन त्यो पनि काकाकुल ४० लाख उपत्यकाबासीलाई पानी खुवाउने पवित्र काम गर्दा। मेलम्चीका कसैले मलाई १ रूपैयाँ कुनै बेला दिएको छन् भने भनून्। मिटिङमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही खाएको पनि छैन। रिटायर भएको नै अहिले ६ वर्ष बितिसकेको छ। खैर बिशेष अदालतमा मुद्दा परिसकेको छ। विषय प्राविधिक बनेको छ। बदनियत नभइ फौजदारी कसुर प्रमाणित हुने कुरा पनि हुँदैन। स्वदेश फर्कनासाथ अदालतमा आफ्नो सफाईका लागि उपस्थित हुने नै छु। मेरा सबै शुभचिन्तकहरूले मन खिन्न नपार्नुहोला। कहिले काँहि भाइरस लागेर रूघाखोकी लाग्छ। सामान्य उपचार गर्नुपर्छ । मेरो हकमा यो मुद्दामा रौँ बराबरको पनि दम छैन ।’

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206