०९ भाद्र २०८२, सोमबार

अनेरास्ववियु मोरङ जिल्ला कमिटीको संयोजकमा संगम कान्दङ्वा

Logo
Pulse Khabar शनिबार, भाद्र ०७, २०८२

विराटनगर – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीको संयोजकमा संगम कान्दङ्वा चयन हुनुभएको छ । निवर्तमान संयोजक विरेन्द्र घिमिरेले उमेर हदका कारण संगठनबाट बिदा लिएपछि कान्दङ्वालाई उक्त जिम्मेवारी दिइएको हो ।
अनेरास्ववियुका सह इन्चार्ज जोसेफ घिमिरेका अनुसार, संयोजक घिमिरेकै अध्यक्षतामा बसेको जिल्ला कमिटीको बैठकले उहाँको बिदाइको निर्णय गर्दै उपाध्यक्षहरुमध्येबाट कान्दङ्वालाई सर्वसम्मत रुपमा संयोजकमा चयन गरेको हो ।
बैठकमा बोल्दै निवर्तमान संयोजक घिमिरेले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै संगठनको विधान र पद्धतिको सम्मान गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेको बताउनुभयो । उहाँले कान्दङ्वाको नेतृत्वमा अनेरास्ववियु मोरङले विद्यार्थी आन्दोलनलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
नवचयनित संयोजक संगम कान्दङ्वाले विद्यार्थी हकहितका मुद्दालाई सशक्त रुपमा उठाउने र संगठनलाई अझ सुदृढ र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले घिमिरेले संगठनमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै उहाँको मार्गदर्शन अनुसार नै अघि बढ्ने बताउनुभयो ।
अनेरास्ववियुले निश्चित उमेर हदपछि नेतृत्वबाट बिदा लिने र नयाँ पुस्तालाई अवसर दिने वैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै आएको छ । सोही व्यवस्था अनुसार मोरङमा यो नेतृत्व परिवर्तन भएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206