०२ माघ २०८२, शुक्रबार

झापामा करेन्ट लागेर एक वर्षमा १५ जनाको मृत्यु

Logo
Pulse Khabar मंगलबार, भाद्र ०३, २०८२

झापा । झापामा विद्युतको असुरक्षित प्रयोगका कारण करेन्ट लागी मृत्यु हुने घटना बढ्दै गएका छन् । झापामा गत आर्थिक वर्ष २०८१ ८२ मा मात्र १५ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार पछिल्लो चार महिनामै १० जनाको करेन्ट लागेर मृत्यु भएको छ । गत साउनमा मात्रै पाँच जनाले ज्यान गुमाएका थिए । मृतकमध्ये अधिकांश ग्रामीण क्षेत्रका विद्युतसम्बन्धी प्राविधिक ज्ञान नभएका सर्वसाधारण रहेको बताइएको छ ।

करेन्ट लागेर हुने मृत्युका प्रमुख कारणमा मोटरमार्फत पानी तान्ने क्रममा लापरबाही, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने जस्ता कार्य रहेको प्रहरीले जनाएको छ। विद्युत प्रयोगबारे अपूर्ण ज्ञान र सतर्कताको कमीका कारण दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको अधिकारी खड्काले बताए ।

यसैबीच मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको सोमबार साँझ घरमै करेन्ट लागेर मृत्यु भएको छ । बिग्रिएको टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर अचेत भएका उनलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्‍याइएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206