२४ भाद्र २०८२, मंगलबार

चरन क्षेत्र र छाडा कुकुरले भेडापालन सङ्कटमा

Logo
Pulse Khabar सोमबार, भाद्र ०२, २०८२

भोजपुर । भोजपुर र खोटाङका भेडापालक किसान चरन क्षेत्रको अभाव र छाडा कुकुरको आक्रमणका कारण समस्यामा परेका छन् । यसले गर्दा व्यावसायिक रुपमा भेडापालन गर्दै आएका किसानको पेशा नै संकटमा परेको उनीहरूको गुनासो छ ।

मैयुङ क्षेत्रमा व्यावसायिक रुपमा भेडापालन गर्दै आएका ७२ वर्षीय किसान गोविन्द कठेतका अनुसार पछिल्ला दुई वर्षमा करिब २० जनाले भेडापालन व्यवसाय छाडेका छन् । उनका भनाइमा सामुदायिक वनमा भेडा चराउन वार्षिक शुल्क तिर्नुपर्ने बाध्यताले किसान थप दबाबमा परेका छन् ।

कठेतले भने, “सामुदायिक वनमा चराउन शुल्क तिर्नुपर्छ, तर चरन क्षेत्र पर्याप्त छैन । छाडा कुकुरले भेडा मारी दिँदा किसानलाई दोहोरो नोक्सानी भइरहेको छ ।” उनका अनुसार, सात वटा सामुदायिक वनमा भेडा चराउन प्रतिगोठ पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । सो क्षेत्रमा करिब तीन महिना मात्र भेडा चराउन पाइने भए पनि वार्षिक शुल्क तिर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

अर्का किसान शेरबहादुर कठेतका अनुसार, गत पुसदेखि अहिलेसम्म कुकुरले करिब एक सय भेडा मारेका छन् । उनले भने, “कुकुरले छिनभरमै धेरै भेडा मारिदिन्छ । यसतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने खाँचो छ ।”

भेडापालक किसानले भेडा, ऊन, घ्यू, महीलगायत उत्पादनमार्फत आम्दानी गर्दै आएका छन् । साथै ऊनबाट तयार हुने राडी र लुकुनी बिक्री गरेर पनि आयआर्जन गर्ने गरेका छन् । किसानका अनुसार एक सय भेडासम्म भए वार्षिक करिब चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । तर संरक्षण र प्रोत्साहनको व्यवस्था नभए यो पेसा थप संकटमा पर्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206