

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपरामा करेन्ट लागेर आज विहान एक दम्पतीको मृत्यु भएको छ। निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी सरदार रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरीका अनुसार कञ्चनरुप–५ का महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन खेतमा विद्युतीय तार खुला राखेका थिए । घरदेखि करिब एक सय ५० मिटर पूर्वमा रहेको खेततर्फ जाँदै गरेका बद्री र विमलादेवी सोही तारमा परेर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।