०२ माघ २०८२, शुक्रबार

झापाको कन्काई घाटमा दुई करोड ३० लाखको लागतमा विद्युतीय शवदाह गृह निर्माण

Logo
Pulse Khabar आइतबार, भाद्र ०१, २०८२

झापा । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा दुई करोड ३० लाख रुपैयाँको लागतमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ। कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा कन्काई नदीको पूर्वी तटमा शवदाह गृहको निर्माण सम्पन्न भएको हो।

शवदाह गृह निर्माणमा कोशी प्रदेश सरकारको दुई करोड, कनकाई नगरपालिकाको २० लाख र विभिन्न दाताबाट १० लाख रुपैयाँ लगानी गरिएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले शवदाह गृह सञ्चालनका लागि प्रदेश सरकारसँग सम्झौता भइसकेको जानकारी दिए । उहाँका अनुसार कार्यविधि समेत तयार भएकाले एक साताभित्रै औपचारिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

कन्काई घाट व्यवस्थापन समितिका महासचिव एवं पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोलीले निर्माण कार्य सम्पन्न गरी फर्किसकेको बताए। गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव विद्युतीय शवदाह गृहमार्फत दहन गरिएको थियो ।

विद्युतीय शवदाह गृहबाट एक शव दहन गर्न करिब ५० मिनेट लाग्ने र दाउराको प्रयोग गर्ने परम्परागत विधिबाट दहन गर्न तीनदेखि साढे तीन घण्टा लाग्ने भएकाले यो प्रविधि समय र स्रोत दुवै बचत हुने बताइएको छ।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा कन्काई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको थियो। निर्माण सम्पन्न भएसँगै स्थानीयस्तरबाट उठ्दै आएको माग सम्बोधन भएको छ । वि.स. २०६७ मा स्थापना भएको कन्काई घाटमा हाल पाँच वटा चितास्थल सञ्चालनमा छन् । नयाँ विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाहसंस्कारमा प्रयोग हुने दाउरा बचत हुने, वातावरण संरक्षणमा मद्दत पुग्ने र आधुनिक सेवासुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206