

विराटनगर । प्रेस चौतारी नेपाल विराटनगर महानगर समिति गठन गरिएको छ। शुक्रबार विराटनगरमा सम्पन्न भेलाले निशान्त ढुंगानाको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको हो ।
नवगठित समितिमा उपाध्यक्ष रश्मी थापा, सचिव रोशन पोखरेल, कोषाध्यक्ष सम्झना कार्की र सदस्यमा सुजाता राई, राम खत्री तथा काजल देव चयन भएका छन् ।
कार्यक्रममा एसईई परीक्षामा ४.० जीपीए ल्याएका प्रेस चौतारी कोशी प्रदेश समिति सदस्य श्यामसुन्दर सुतिहारका छोरा श्रेय शर्मालाई सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै केन्द्रीय सचिव (प्रचार तथा प्रशिक्षण) विक्रम लुईटेलले पत्रकारितामा टिक्नका लागि लेखन क्षमता, खोजमूलक दृष्टिकोण र प्रमाणमा आधारित समाचार लेखनको महत्वबारे बताएका थिए ।
कार्यक्रममा प्रेस चौतारी कोशी अध्यक्ष सुमन पुरी, एमाले मोरङ उपसचिव सन्तोष बान्तवा, एमाले महानगर कमिटी सचिव विज्ञान शर्मालगायतको उपस्थिति थियो ।
यसैबीच, प्रेस चौतारी मोरङको बैठकले २० जना पत्रकारलाई नयाँ सदस्यता दिने र यससँगै सदस्य संख्या १११ पुर्याउने निर्णय गरेको छ। बैठकले आगामी भदौ ३ गते विराटनगरमा तीज कार्यक्रम आयोजना गर्ने पनि निर्णय गरेको छ ।