२४ भाद्र २०८२, मंगलबार

ढुङ्गाले लागेर एक जनाको मृत्यु, एक घाइते

Logo
Pulse Khabar शुक्रबार, साउन ३०, २०८२

धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित बाहुनी खोला नजिकै भिरमाथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । घटनामा एक घाइते भएका छन् ।

आज दिउँसो बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको स १० प ७९२१ नम्बरको मोटरसाइकल चालक सप्तरी बोधेबर्साइन नगरपालिका–४ का ३० वर्षीय जीवन साहको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार सप्तरी खडक नगरपालिका–११ बनौलीका ३० वर्षीय धर्मेन्द्रकुमार साह घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले बताए।

चतरा वराहक्षेत्र सडकखण्डमा रहेको बाहुनी खोलामा पहिरो झरिरहेका अवस्थामा बाटो पार गर्न पर्खिरहेका समयमा माथिबाट झरेको ढुङ्गाले टाउकामा लागि घटनास्थलमै साहको मृत्यु भएको प्रवक्ता खतिवडाले बताए । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206