

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् ।
निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ मा छेडछाड भएको आरोपबारे छानबिन गर्न गठित संसदीय समितिले उनीमाथि नैतिक जिम्मेवारी तोकेपछि मंगलबार प्रतिनिधि सभाको बैठकमार्फत उनले राजीनामा घोषणा गरेका हुन् ।
खतिवडाले आफू दोषी नभएको दाबी गर्दै पनि जिम्मेवारीको बोधका कारण पद छाडेको बताए । “प्रतिवेदनमा ‘जिम्मेवारी’ भन्ने शब्द प्रयोग भएकाले म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु,” उनले भने ।