

भोजपुर । अविरल वर्षाका कारण भोजपुरको उत्तरस्थित साल्पासिलिछो गाउँपालिका–६ खाम्दाकमा रहेका ६ घरपरिवार विस्थापित भएका छन् ।
केही दिनयता निरन्तर परिरहेको वर्षापछि घरमाथि र मुनिबाट पहिरो खस्न थालेपछि उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको वडाध्यक्ष विक्रम वनले बताए । क्षति चर्किएर घरमा बस्न नसक्ने अवस्थापछि पीडितहरूलाई आफन्तको घर र क्लब भवनमा राखिएको वडाध्यक्ष वनले जानकारी दिए ।
विस्थापित हुनेमा विक्रम राई, विजय राई, धर्मराज राई, दलकुमार राई, ज्योति राई र देउराज राईका परिवार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश यादवका अनुसार वर्षासँगैको पहिरोको जोखिम अझै कायम रहेको र आवश्यक सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरिएको छ ।