२३ साउन २०८२, शुक्रबार

कालीकोटमा गम्भीर सवारी दुर्घटना : मौसमका कारण उद्धारमा समस्या

Logo
Pulse Khabar शुक्रबार, साउन २३, २०८२

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौखोलामा शुक्रबार बिहान भीषण सवारी दुर्घटना हुँदा चारजना गम्भीर घाइते भएका छन् भने तीनजना सामान्य घाइते भएका छन् ।

जुम्लाबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख ०९७६ नम्बरको फोर्स गाडी बिहान करिब १० बजेतिर अनियन्त्रित भई कर्णाली राजमार्गको चौखोलाबाट करिब १०० मिटर तल खसेर तीला नदीको भेलमा परेको थियो ।

दुर्घटनाको कारण गाडीको ओभरस्पिड भएको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनापछि स्थानीय बासिन्दाले तत्काल उद्धार गरी घाइतेलाई नजिकको स्वास्थ्य संस्थामा पुर्‍याएका थिए ।

उद्धारमा अवरोध

दुर्घटनामा गम्भीर घाइते भएका व्यक्तिहरूलाई सुर्खेतबाट उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा रहे पनि सुर्खेतमा निरन्तर भारी वर्षा भइरहेकाले हेलिकप्टर उड्न सकेको छैन । मौसम सफा भएपछि मात्र हवाई उद्धार सम्भव हुने बताइएको छ ।

गम्भीर घाइतेहरूको विवरण :

१) प्रकाश शाही ९२० वर्ष० — दुवै खुट्टा भाँचिएको, तीलागुफा नगरपालिका–६, कालिकोट
२) लालबहादुर बस्नेत ९३० वर्ष० — वीरेन्द्रनगर नगरपालिका–१, सुर्खेत
३) गंगा परियार ९२५ वर्षीया० — हिमा गाउँपालिका–१, जुम्ला
४) रविन परियार ९२८ वर्ष० — गंगाका श्रीमान

सामान्य घाइते :
१) सुमन परियार ९५ वर्ष० — गंगाका छोरा
२) अबिगेल परियार ९१६ वर्ष० — हिमा गाउँपालिका–२, जुम्ला
३) प्रकाश शाही ९सह(सहचालक० — शुभकालिका गाउँपालिका–२, कालिकोट

स्थानीय प्रहरी र जनप्रतिनिधिहरूले घटनास्थलमा उपस्थित भई उद्धारमा सहयोग गरिरहेका छन्। स्थानीय प्रशासनले आवश्यक सहयोगका लागि प्रदेश र संघीय निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206