०२ माघ २०८२, शुक्रबार

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै, दुबई हुँदै राति काठमाडौं अवतरण हुने

Logo
Pulse Khabar शुक्रबार, साउन २३, २०८२

तुर्कमेनिस्तान । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् ।
प्रधानमन्त्री ओलीले सम्मेलनमा नेपालको तर्फबाट भूपरिवेष्ठित राष्ट्रहरूको साझा चुनौती र सम्भावनाबारे सम्बोधन गरेका थिए । सम्मेलनका क्रममा उनले विभिन्न राष्ट्रका नेताहरूसँग द्विपक्षीय भेटघाट तथा छलफल समेत गरेका थिए ।

प्रधानमन्त्री ओली आज बिहान स्थानीय समयअनुसार ८: ३० बजे तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ओलीलाई विमानस्थलमा तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले औपचारिक बिदाइ गरेका थिए ।
दुबई हुँदै प्रधानमन्त्री ओली आज राति ११: ५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यो भ्रमणलाई नेपालका लागि भूपरिवेष्ठित राष्ट्रहरूसँगको सहकार्य विस्तार गर्ने अवसरको रूपमा हेरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206