०२ माघ २०८२, शुक्रबार

उत्तराखण्डको बाढीमा नेपाली पनि बेपत्ता, प्रधानमन्त्री ओलीद्वारा उद्धारका लागि कूटनीतिक पहल

Logo
Pulse Khabar शुक्रबार, साउन २३, २०८२

काठमाडौं । भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोको घटनामा परी नेपाली नागरिकसमेत बेपत्ता भएको आशंका गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीमा परेका नेपालीहरूको उद्धारका लागि तत्काल कूटनीतिक पहल गरिएको बताएका छन् ।

प्रधानमन्त्री ओलीका अनुसार बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक परेका खबरपछि भारतस्थित नेपाली दूतावासमार्फत तत्काल कूटनीतिक छलफल सुरु गरिएको छ । “उनीहरूको उद्धारका लागि दूतावासमार्फत पहल भइरहेको छ,” प्रधानमन्त्री ओलीले भने, “बाढी–पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु ।”

बाढीमा परेकामध्ये अधिकांश नेपाली नागरिक जाजरकोटको कुशे गाउँपालिकाका रहेको आशंका गरिएको छ । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बिहीबार एक विज्ञप्ति जारी गर्दै कुशे गाउँपालिका–२ का १३ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको जानकारी दिएका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ । भारतको उत्तराखण्ड राज्यमा पछिल्लो समय आएको भारी वर्षापछिको बाढी–पहिरोले ठूलो जनधनको क्षति भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206