

विराटनगर । इस्कोन विराटनगरले यही फागुन ७ गते विराटनगरमा जगन्नाथ रथ यात्राको आयोजना गर्ने भएको छ । अन्तर्राराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)ले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै रथयात्रा बारे जानकारी दिएको हो । चार धाममध्येको एक जगन्नाथको रथयात्रालाई संसारका प्रत्येक गाँउ सहरमा पुर्याउने उदेश्यले रथयात्रा गर्न लागिएको इस्कोनले जनाएको छ ।
जगन्नाथ रथयात्रा विराटनगरको रामजानकी मन्दिरबाट सुरु भइ महेन्द्र चोक, भृकुटीचोकबाट मेनरोड सत्यनारायण मन्दिर, कालिमन्दिर हुँदै पञ्चमुखी हनुमान मन्दिर हुँदै सिटी प्यालेसमा पुगेर सम्पन्न हुने छ । सोही दिन ३ बजेपछि सिटी प्यालेसमा प्रसाद वितरण, सांस्कृतिक कार्यक्रम, नाटक, भजनकीर्तन तथा प्रसिद्ध स्वामी पत्री प्रभुजीद्वारा विशेष आध्यात्मिक प्रवचन हुने इस्कोनले जनाएको छ ।