०२ माघ २०८२, शुक्रबार

उदयपुरमा ट्रक दुर्घटना : एकको मृत्यु, एक घाइते

Logo
Pulse Khabar मंगलबार, साउन २०, २०८२

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा सोमबार साँझ भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रक दुर्घटना हुँदा गोठालोबाट घर फर्किरहेका रौतामाई–७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदारमान दोङले बताए ।

दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिञ्चोक–४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रक चालक काभ्रेपलाञ्चोक बनेपा–१४ का ५४ वर्षीय नवराज राउतलाई नियन्त्रणमा लिइएको छ र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206