

विराटनगर, साउन १९ । विराटनगर ५ पृथ्वीचोकका १०८ वर्षीय कृतिराज गिरीको जन्मदिन आज मन्दिरमा पुजाअर्चना तथा सम्मान गरेर मनाइएको छ ।
गिरीका २ श्रीमती, ४ छोरा, ४ छोरीसहित करिब १०७ जना सन्तान छन् । उनको जन्मदिनको अवसरमा आज बिहान विराटनगरको अष्टचिरञ्जिवी मन्दिरमा पूजापाठ गरी समारोह आयोजना गरिएको गिरीका नाती बलराम गिरीले जानकारी दिए ।
कृतिराज गिरी उच्च उमेरमा पनि बिहान सबेरै उठ्ने, आफैं नित्यकर्म गर्ने र सामान्य खानपान गर्ने गर्छन्। उहाँले विगत ५० वर्षदेखि सहकारी भोजन मात्र सेवन गर्दै आएका छन् ।
जन्मदिनको अवसरमा दशनामी समाजले गिरीलाई सम्मान समेत गरेको छ। पूजापाठ र सम्मान कार्यक्रममा आफन्तजन, स्थानीय र विराटनगर १० का वडाध्यक्ष अर्जुन गिरीसहितको ठूलो संख्यामा उपस्थित रहेको थियो।
कृतिराज गिरीको सक्रिय र सरल जीवनशैली नै दीर्घायुको रहस्य भएको परिवारका सदस्यहरुले बताए । उहाँ विराटनगरको मात्र नभइ कोशी प्रदेशकै ज्येष्ठ नगारिक भएको दाबी परिवारको छ ।