

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कस्थित पाँचधारे बजार लगातार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जान थालेपछि स्थानीयवासी त्रासमा रहेका छन् ।
वडाध्यक्ष नभराज माङ्गपाहाङ्गका अनुसार बजारमाथि ढुङ्गा उत्खननका कारण बस्ती प्रभावित बनेको छ ।
“पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । अहिले सानो–सानो पहिरो चलिरहेको छ । यदि मनसुनी वर्षा तीव्र भए, बस्ती नै जोखिममा पर्न सक्छ,”
भन्दै उनले चेतावनी दिए ।
आठ घर उच्च जोखिममा
हाल बजार क्षेत्रका ८ घर पहिरोको प्रत्यक्ष जोखिममा छन् । जमिन चर्किएको स्थानमा अहिले पनि सामान्य पहिरो जारी रहेको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ ।
स्थानीय तहले प्रहरी मुचुल्कासहित विपद् र क्षतिको विवरण सम्बन्धित निकायमा पठाए पनि हालसम्म कुनै प्रभावकारी पहल नभएको उनले बताए ।