१७ बैशाख २०८२, बिहिबार

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

Logo
Pulse Khabar शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । गएरातिबाट सरकारले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ लिटरमा २ २ रुपैयाँले बृद्धि गरेको हो । निगमले पेट्रोलियम पदार्थको मूल्य देशभर तीन वर्गमा विभाजन गरी फरक फरक तोकेको छ ।

पहिलो वर्गमा पर्ने झापा (चारआली), विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६९ रूपैयाँ ५० पैसा तथा डिजल र मट्टीतेलको भाउ लिटरको १५७ रूपैयाँ ५० पैसा भएको छ ।

त्यस्तै, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ लिटरको १७१ रूपैयाँ तथा डिजल र मट्टीतेलको भाउ लिटरको १५९ रूपैयाँ पुुगेको छ ।

यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ लिटरको १७२ रूपैयाँ तथा डिजल र मट्टीतेलको लिटरको १६० रूपैयाँ पुुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यसअघि जस्तै सिलिण्डरको १ हजार ९ सय १० रूपैयाँ नै कायम छ । हवाई इन्धनको भाउ पनि यथावत रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206