०८ कार्तिक २०८२, शनिबार

ड्युटीमा रहेकी प्रहरी जवानलाई श्रीमानले गरे गोली हानेर हत्या

Logo
Pulse Khabar बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । दाङमा ड्युटीमा रहेकी एक महिला प्रहरीलाई गोली हानेर हत्या गरिएको छ । उनलाई श्रीमानले नै गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान धनमाया थापाको हत्या भएको लुम्बिनी प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार धनमायालाई उनकै श्रीमान् सहायक हवल्दार यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेका हुन् । यमबहादुर बाँकेको नेपालगन्ज तालिम केन्द्रमा कार्यरत थिए । दाङको दामोदर चोकमा ड्युटीमा रहेका बेला धनमायामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । श्रीमान् यमबहादुर प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206